आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०८:५७ |सिड्नीको समय: ०६:५७ |काठमाडौंको समय: ०२:४२

फिल्म हलदेखि हाटबजारसम्म १५ गतेसम्म बन्द

एएनजेड खबरजनवरी १६, २०२२

काठमाडौं – कोरोना संक्रमण बढेको भन्दै सरकारले स्मार्ट लकडाउन सुरु गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
अब धार्मिक कार्य र विवाहमा ५० जनाभन्दा बढी जम्मा हुन नपाइने, सबै प्रकारका जुलुस र भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ ।
साथै बैठक, गोष्ठी भर्चुअलरुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
कुनै पनि कार्यक्रम नगरी नहुने अवस्थाको भएमा जनस्वास्थ्यका मापदण्ड पालना गरी एन्टिजेन परीक्षणपछि मात्रै गर्नुपर्ने छ । त्यसैगरी सिनेमा हल, डान्सबार, हेल्थक्लब, स्वीमिङ पूल, हाटबजार १५ गतेसम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ । पार्टी प्यालेसमा बढीमा ५० जनामात्रै हुनुपर्ने व्यवस्था गरेको छ ।
त्यस्तैगरी विद्यालय, क्याम्पस माघ १५ गतेसम्म भौतिकरुपमा उपस्थित नगर्ने निर्णय गरेको छ ।
मठ मन्दिर, गुम्बालगायतका जनस्वास्थ्यका पालना नित्य पूजामात्रै गर्ने गराउने, सुपरमार्केटमा एकपटकमा २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय पनि गरेको छ ।

तपाइँको प्रतिक्रिया