आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०८:०३ |सिड्नीको समय: ०६:०३ |काठमाडौंको समय: ०१:४८

नेपालमा २४ घण्टामा थप ६७३४ जनामा संक्रमण पुष्टि

एएनजेड खबरजनवरी १७, २०२२

काठमाडौं– पछिल्लो थप २४ घण्टामा नेपालमा थप ६७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७४६५ जनामा गरिएको नमुना परीक्षणमा ६७३४ जनामा संक्रमण पुष्टि भएको हो । सोही समयावधिमा ३ जनाको मृत्यु भएको छ भने ५४७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार अहिले देशभर ३०८७७ जना सक्रिय संक्रमित रहेका छन् । २४ घण्टामा देशभर १४३३६० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

तपाइँको प्रतिक्रिया