शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १४:१५ |सिड्नीको समय: १२:१५ |काठमाडौंको समय: ०८:००

एकैदिन अष्ट्रेलियामा कोरोनाबाट ७४ जनाको मृत्यु

एएनजेड खबरजनवरी १८, २०२२

अस्ट्रेलिया– अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमणबाट एकै दिन ७४ जनाको ज्यान गएको छ। यो सँगै कोरोनाभाइरस महामारी सुरु भएयता अस्ट्रेलियामा सबैभन्दा धेरै मानिसको मृत्यु भएको रेकर्ड कायम भएको हो।

न्यु साउथ वेल्स, भिक्टोरिया र क्वीन्सल्याण्डमा गरी एकैदिन ७४ जनाको कोभिड–१९ सङ्क्रमणका कारण निधन भएको छ।
पछिल्लो २४ घन्टामा अष्ट्रेलियाभर ७३ हजार ५ सय ८० जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये न्युसाउथ वेल्स राज्यमा २९ हजार ८ सय ३० जनामा सङ्क्रमण देखिनुका साथै ३६ जनाको मृत्यु भएको छ।
राज्यका अस्पतालमा २,८५० जनाको उपचार भइरहेको छ भने २०९ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ।
यस्तै भिक्टोरिया राज्यमा २० हजार १ सय ८० जना सङ्क्रमित थपिँदा २२ जनाको मृत्यु भएको छ।

भिक्टोरियाका अस्पतालमा ओमिक्रन लहरले स्वास्थ्य सेवामा असर पार्दा आपतकालिन अवस्था ‘कोड ब्राउन’ घोषणा गरिएको छ।
भिक्टोरियाका उप प्रिमियर जेम्स मर्लिनोले स्वास्थ्य प्रणाली ‘यस्तो बिन्दुमा पुगेको जहाँ गम्भीर श्रमशत्तिको अभाव रहेको’ बताएका छन्।


पछिल्लो २४ घन्टामा क्वीन्सल्याण्डमा १५ हजार ९ सय ६२ जनामा सङ्क्रमण पुष्टि भएको थियो। यहाँ १६ जनाको मृत्यु भएको छ। टास्मेनियामा १,३१० जना सङ्क्रमित थपिएका छन्।

तपाइँको प्रतिक्रिया