शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०७:२६ |सिड्नीको समय: ०५:२६ |काठमाडौंको समय: ०१:११

तीनवटा राज्यमा आइसीयुमा भर्ना हुने बिरामीको संख्या बढ्यो

एएनजेड खबरजनवरी २७, २०२२

अष्ट्रेलिया – अष्ट्रेलियाका मुख्य शहर न्यु साउथ वेल्स, क्वीन्सल्यान्ड र भिक्टोरियामा कोभिड– १९ का कारण आइसियुमा भर्ना हुने बिरामीको सङ्ख्या बढेको छ।
देशभर कोरोनाभाइरसका कारण ५९ जनाको ज्यान गएको छ।

न्यु साउथ वेल्समा १७,३१६ नयाँ सङ्क्रमित पुष्टि हुनुका साथै २९ जनाको ज्यान गएको छ। २,७२२ जना अस्पतालमा छन् जस मध्य १८१ जना आइसियुमा रहेका छन्। 

भिक्टोरियामा १३,७५५ नयाँ सङ्क्रमण सँगै १५ जनाको ज्यान गएको छ। १,०५७ जना अस्पताल भर्ना भएका मध्य ११७ जनाको आइसियुमा उपचार भइरहेको छ। 

क्वीन्सल्यान्डमा ११,६०० सङ्क्रमण र १५ जनाको ज्यान गएको छ। ८२९ जना अस्पतालमा छन् जस मध्य ४८ जना आइसियुमा रहेका छन्। 

साउथ अस्ट्रेलियामा १,९५३ सङ्क्रमण दर्ता हुँदै अस्पतालमा रहेकाको सङ्ख्या २८८ मा स्थिर छ भने मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ। 

अस्ट्रेलियन क्यापिटल टेरिटरीमा अहिलेसम्मको सबै भन्दा धेरै ७३ जना अस्पतालमा रहेका छन् भने आइसियुमा रहेकाको सङ्ख्या ५ बाट ४ मा झरेको छ। 

बिहीबारको राष्ट्रिय मन्त्री परिषद्को बैठकमा विद्यालय पुनः खोलिने तयारी, खोप वितरण र आपूर्ति समस्याहरूको बारेमा छलफल गरिने बताइएको छ। ५ देखि ११ वर्ष उमेर समूहका केवल ३३.४% बालबालिकाले अहिलेसम्म कोभिड-१९ खोप लगाएका छन्। न्यु साउथ वेल्सका अधिकारीहरूले बासिन्दाहरूलाई समयमै आफ्नो बुस्टर खोप लगाउन आग्रह गरेका छन्। 

तपाइँको प्रतिक्रिया