सोमबार, असोज १०, २०७९ |Mon Sep, 2022
अक्ल्याण्डको समय: १६:५३ |सिड्नीको समय: १३:५३ |काठमाडौंको समय: ०९:३८

नेपालमा थप ५५८३ जनामा कोरोना संक्रमण पुष्टि

एएनजेड खबरफ्रेब्रवरी १, २०२२

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ५५८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  सोही अवधिमा ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६७४ जनाको नमुना परीक्षण भएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमित हुने भन्दा निको हुने धेरै देखिएका छन् । अर्थात पछिल्लो २४ घण्टामा ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमित ७४ हजार ६५३ जना रहेका छन् । 

यसैबीच पीसीआर विधिबाट भएको परीक्षणमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ५७ हजार ५७० र एन्टिजेन विधिबाट भएको परीक्षणमा संक्रमितको कुल संख्या १ लाख ३० हजार ६८१ जना पुगेको छ । 
संक्रमितमध्ये हालसम्म ८ लाख ७१ हजार १६५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ लाख ९९ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

तपाइँको प्रतिक्रिया