बुधबार, असोज १२, २०७९ |Thu Sep, 2022
अक्ल्याण्डको समय: ०५:१४ |सिड्नीको समय: ०२:१४ |काठमाडौंको समय: २१:५९

आईएसएल क्लब इस्ट बंगालमा अनन्त तामाङ अनुबन्धित

एएनजेड खबरफ्रेब्रवरी ११, २०२२

काठमाडौं – नेपाल राष्ट्रिय फुटबल टिमका सदस्य अनन्त तामाङ भारतीय सुपर लिग (आईएसएल) क्लब इस्ट बंगालमा अनुबन्ध भएका छन् ।
नेपालको थ्रीस्टार क्लबबाट ए डिभिजन लिग खेल्दै आएका २४ वर्षीय अनन्त सिजनको बाँकी खेलका लागि इस्ट बंगालमा अनुबन्ध भएका हुन् ।
आईएसएलमा जानका लागि थ्री स्टार क्लबले उनलाई फुकुवा समेत गरिदिएको छ । अनन्त फ्री ट्रान्सफरमा इस्ट बंगालमा अनुबन्ध भएका हुन् ।
जारी सिजनको ४ खेल मात्र बाँकी रहँदा इस्ट बंगाल १६ खेलबाट १० अंकका साथ १० औं  स्थानमा छ ।

तपाइँको प्रतिक्रिया