मंगलबार, जेठ ३, २०७९ |Tue May, 2022
अक्ल्याण्डको समय: ०७:१२ |सिड्नीको समय: ०५:१२ |काठमाडौंको समय: ००:५७

मानवअधिकार एलाइन्सद्धारा युक्रेनमा आक्रमण बन्द गर्न रुसलाई आग्रह

एएनजेड खबरफ्रेब्रवरी २६, २०२२

काठमाडौं – युक्रेनमा आक्रमण बन्द गर्न रुसलाई मानवअधिकार एलाइन्सले आग्रह गरेको छ ।
अध्यक्ष मिनबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘मानवअधिकार एलाइन्स रसियाका राष्ट्रपति पुटिनसमक्ष युक्रेनमाथिको आक्रमण रोक्न माग गर्दछ र संवादमार्फत विवादको शान्तिपूर्ण समाधान खोज्न विश्व समुदायलाई अपिल गर्दछ ।’
कुनै पनि देशको सार्वभौमसत्तामाथि धावा बोलिनु लोकतन्त्र र मानवअधिकार विरुद्ध हुने एलाइन्सले जनाएको छ । साथै कुनै पनि सार्वभौम मलुकलाई छिन्नभिन्न बनाउन र देश नै नियन्त्रणमा लिन उद्दत रहनु संयुक्त राष्ट्रसंघको वडापत्र विपरीत हुनेतर्फ पनि एलाइन्सले स्मरण गराएको छ ।

तपाइँको प्रतिक्रिया