शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २३:२२ |सिड्नीको समय: २१:२२ |काठमाडौंको समय: १७:०७

न्यु साउथ वेल्समा नर्सहरू हडतालमा उत्रिए

एएनजेड खबरफ्रेब्रवरी १५, २०२२

अष्ट्रेलिया – न्यु साउथ वेल्समा नर्सहरू हडतालमा उत्रिएका छन् । उनीहरुले बिरामी सङ्ख्या अनुसार नर्सको सङ्ख्या बढाउन र तलब वृद्धिको माग राखेर हडताल गरेका छन्। मङ्गलवार बिहान ७ बजे सुरु भएको हडताल २४ घण्टासम्म जारी रहने छ।
उनीहरुले सिड्नीको संसद भवन अगाडि प्रदर्शन गरिरहेका छन् ।
उक्त हडताल नगर्न औद्योगिक सम्बन्ध आयोगले आदेश दिएको थियो तर नर्सहरूको सङ्घ हडताल आयोजना गरेको छ । हडताललाई लिएर न्यु साउथ वेल्सका स्वास्थ्य मन्त्रीले निराशा व्यक्त गरेका छन्।
हडतालको समयमा सार्वजनिक अस्पताल र स्वास्थ्य सेवाहरूमा अत्यावश्यक कर्मचारी भने उपलब्ध रहेका छन्।

तपाइँको प्रतिक्रिया