आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०९:१७ |सिड्नीको समय: ०७:१७ |काठमाडौंको समय: ०३:०२

बार्सिलोना नेपोलीसँग बराबरीमा रोकियो

एएनजेड खबरफ्रेब्रवरी १८, २०२२

युइएफए युरोपा लिगको अन्तिम ३२ को पहिलो लिगमा बार्सिलोना नेपोलीसँग बराबरीमा रोकिएको छ। बार्सिलोनाले पछि परेको स्थिति उल्ट्याउँलै इटालियन क्लब नेपोलीसँग १–१ गोलको बराबरी खेलेको हो।
नोउक्याम्पमा बिहीबार राति भएको खेलमा नेपोलीका पिओटर जिलेन्स्कीले गोल गर्दा बार्सिलोनाका लागि फेरान टोरेसले बराबरी गोल फर्काएका थिए।
पहिलो हाफको २९औं मिनेटमा जिलेन्स्कीले गोल गर्दै नेपोलीलाई सुरूआती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता लिएको नेपोलीले दोस्रो हाफमा उक्त अग्रता जोगाउन सकेन।
खेलको ५९ औं मिनेटमा फेरान टोरेसले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बरारीमा ल्याए।
घरेलु मैदानमा बार्सिलोनाले पाहुना टोलीलाई दवावमा राखे पनि थप गोल गर्न नसक्दा खेल बराबरीमा सकियो। यो बराबरीसँगै दोस्रो लेगमा यही नतिजा कायम रहे नेपोली अवे गोलको आधारमा प्रि–क्वाटरफाइनलमा प्रवेश गर्नेछ।

तपाइँको प्रतिक्रिया