शनिबार, असोज ६, २०८० |Sat Sep, 2023
अक्ल्याण्डको समय: १३:११ |सिड्नीको समय: ११:११ |काठमाडौंको समय: ०६:५६

राजदूत श्रीधर खत्रीले लिए शपथ

एएनजेड खबरमार्च ९, २०२२

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएका प्राध्यापक श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपतिको कार्यालयमा आज अपराह्न भएको विशेष समारोहमा उनले राष्ट्राध्यक्ष समक्ष शपथ लिएका हुन् । त्यस अवसरमा परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

तपाइँको प्रतिक्रिया