बिहीबार, जेठ १८, २०८० |Thu Jun, 2023
अक्ल्याण्डको समय: ०७:०५ |सिड्नीको समय: ०५:०५ |काठमाडौंको समय: ००:५०

मिस वर्ल्ड पोल्याण्डकी क्यारोलिना बनिन्

एएनजेड खबरमार्च १७, २०२२

पोल्याण्डकी क्यारोलिना बेल्वास्काले यस वर्षको मिस वर्ल्डको उपाधि जितेको छ। आज बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा सम्पन्न ७० औं संस्करणको मिस वल्र्ड ग्रान्ड फिनालीमा उनी विजेता घोषित भएकी हुन् ।

अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप घोषित भइन् । अघिल्लो संस्करणकी विजेता टोनीएन सिङले नयाँ विजेतालाई ताज पहि¥याइन् ।

कोरोना महामारीको कारण यसपटकको फिनालीमा ४० जना सुन्दरीले मात्र भाग लिएका थिए । नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल नम्रता श्रेष्ठ अन्तिम १२ मा छनौट हुन सकिनन् ।
मिस वर्ल्डको मुख्य विधा मानिने ब्यूटी विथ पर्पसको उपाधि पनि अमेरिकाले जितेको छ । पीएचडी गर्ने तयारीमा रहेकी क्यारोलिना मोडल समेत हुन् ।

तपाइँको प्रतिक्रिया