बुधबार, असोज १२, २०७९ |Thu Sep, 2022
अक्ल्याण्डको समय: ०६:१३ |सिड्नीको समय: ०३:१३ |काठमाडौंको समय: २२:५८

नेपाल आइडल सिजन –४ को उपाधि भूपेन्द्र थापा मगरले जिते

एएनजेड खबरमार्च २०, २०२२

काठमाडौं – गायन रियालिटी शो नेपाल आइडल सिजन –४ को उपाधि भूपेन्द्र थापा मगरले जितेका छन् ।
शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन् ।
उपाधिसँगै भैरहवाका भूपेन्द्रले ट्रफी र ३० लाख रुपैयाँ नगद प्राप्त गरे । नेपाल आइडल सिजन– ४ मा झापाका नामगेल तामाङ फस्ट रनरअप र रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए । उनीहरुले ट्रफीसँगै क्रमशः ५ लाख र ३ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
एपीवान टेलिभिजनमा नेपाल आइडलको श्रृंखला प्रसारण हुँदै आएको छ । यो सिजनमा संगीतकार शम्भुजीत बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान निर्णायकको रुपमा थिए ।
झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल पनि फाइनलमा प्रवेश गरेका थिए । उनीहरुले गिटार र १० लाख बराबरको बीमा सुविधा प्राप्त गरे ।

तपाइँको प्रतिक्रिया