शनिबार, असोज ६, २०८० |Sat Sep, 2023
अक्ल्याण्डको समय: १३:५८ |सिड्नीको समय: ११:५८ |काठमाडौंको समय: ०७:४३

शेष घलेद्वारा गठित निर्वाचन समितिका सदस्यहरुले दिए राजिनामा

एएनजेड खबरमार्च २४, २०२२

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेद्वारा गठित निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत र तीन जना सदस्यहरुले आफ्नो पदबाट राजिनामा दिएका छन्। प्रमुख निर्वाचन अधिकृत विश्वनाथ बराल (अमेरिका) तथा निर्वाचन समितिका सदस्यहरु अधिवक्ता बासुदेव फूलारा (अमेरिका), विमल सुवेदी (कतार) तथा पुष्प थापा (जर्मनी) रहेका छन् ।
बुधबार बसेको निर्वाचन अधिकृतहरुको बैठकमा घलेले प्रमुख निर्वाचन अधिकृतसहित निर्वाचन समितिका सदस्यहरुलाई अमर्यादित व्यवहार गरेको तथा निर्वाचन अधिकृतहरुले छलफल गर्न खोज्दा आफ्नो कुरा मात्रै लाद्न खोजेको उनीहरूले जनाएका छन्।

उनीहरुले बुधबारदेखि लागू हुने गरी राजिनामा गरेको जनाएका छन्।

तपाइँको प्रतिक्रिया