आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०६:२८ |सिड्नीको समय: ०४:२८ |काठमाडौंको समय: ००:१३

झापा गोल्डकपमा १० टिम भिड्ने

एएनजेड खबरमार्च २, २०२२

काठमाडौं – नेपाल आइस पाँचौँ झापा गोल्ड कप २०७८ मा नेपाल र भारतका १० टोली सहभागी हुने भएका छन्। गत वर्ष कोभिडका कारण रोकिएको गोल्डकप यस वर्ष यही फागुन २१ देखि ३० गतेसम्म सञ्चालन गर्ने तयारी भइरहेको छ।
विर्तामोड नगरपालिकामा रहेको डोमालाल रङ्गशालामा हुने खेल १० हजार दर्शकले हेर्न सक्ने गरी बाँसको प्यारापिट निर्माण गरिएको छ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल फागुन २७ गते र दोस्रो सेमिफाइनल खेल फागुन २८ गते हुनेछ भने फाइनल खेल फागुन ३० गते सोमबार हुने जनाइएको छ। पाँचौँ संस्करणको गोल्डकपको विजेताले रु १२ लाख ५५ हजार र उपविजेताले रु ६ लाख पाँच हजार प्राप्त गर्नेछन्

प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही रु २१ हजार र उच्च गोलकर्तालाई रु २५ हजारसहितको पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई रु नौ हजार ९९९ दिइने तयारी छ।

तपाइँको प्रतिक्रिया