शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ००:१४ |सिड्नीको समय: २२:१४ |काठमाडौंको समय: १७:५९

आईपीएल: दिल्ली क्यापिटल्स र पन्जाब किङ्सको विजयी सुरुआत

एएनजेड खबरमार्च २८, २०२२

इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्स र पन्जाब किङ्सले विजयी सुरुआत गरेका छन् । आइतबार राति भएको खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्दै दिल्ली  क्यापिटल्सले विजयी सुरुआत गरेको छ । दिल्लीले ४ विकेटको जित हात पारेको हो । १७८ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ६ विकेटको क्षतिमा पूरा गरेको हो । दिल्लीका लागि ललित यादवले अविजित ४८ रन, अक्षर पटेलले अविजित ३८ रन, पृथ्वी शले ३८ र शार्दुल ठाकुरले २२ रन जोडे ।

मुम्बईका बासिल थाम्पीले ३ र मुरुगान आश्विनले २ विकेट लिए। पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभर खेल्दै ५ विकेट गुमाएर १७७ रन बनाएको थियो ।मुम्बईका इशान किशनले अविजित ८१ रन बनाए । कप्तान रोहित शर्माले ४१, तिलक वर्माले २२ र टिम डाभिडले १२ रन बनाए । दिल्लीका कुलदिप यादवले ३ र खलिल अहमेदले २ विकेट लिए।

यस्तै पन्जाबलले बैंलोरमाथि ५ विकेटको जित हात पार्‍यो । बैंलोरले दिएको २०६ रनको लक्ष्य पन्जाबले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । पन्जाबका लागि शिखर धावन र भानुका राजापाकसाले ४३/४३ रन बनाए । त्यस्तै कप्तान मयंक अग्रवालले ३२ रन,ओडेन स्मिथले २५, सारुख खानले २४ रनको योगदान गरे । बैंग्लोरका मोहमद सिराजले दुई, आकाश दीप, वानिन्दु हर्शरंङ्गा र हर्शल पटेलले एक/एक विकेट लिए । पहिले ब्याटिङ गरेको बैंलोरले पूरै २० ओभर खेल्दै २ विकेटको क्षतिमा २०५ रन बनाएको थियो ।बैंग्लोरका कप्तान फाफ डू प्लेसिसले सर्वाधिक ८८ रनको योगदान गरे भने विराट कोहलीले ४१ रन बनाए । दिनेश कार्तिक ३२ र अनुज रावतले २१ को योगदान गरे । पन्जाबका लागि अर्शदीप सिंह र राहुल चहारले एक/एक विकेट लिए ।

तपाइँको प्रतिक्रिया