आइतबार, वैशाख २३, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: ०५:०८ |सिड्नीको समय: ०३:०८ |काठमाडौंको समय: २२:५३

टी-२० सिरिजमा नेपालको विजयी सुरूवात

एएनजेड खबरमार्च २९, २०२२

काठमाडौं- नेपाल, पपुवा न्युगिनी (पिएनजी) र मलेसियाबीच त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा नेपालले पिएनजीलाई  १५ रनले पराजित गरेको हो। नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पिएनजी चार बल खेल्न बाँकी छदा १६८ रनमा अलआउट भयो।

अन्तिम ओभरमा पिएनजीलाई १७ रन चाहिएको थियो भने उसको एक विकेट बाँकी थियो। जसमा नेपालले दोस्रो बलमा रनआउटमार्फत पिएनजीको अन्तिम विकेट लियो।

तपाइँको प्रतिक्रिया