शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २०:११ |सिड्नीको समय: १८:११ |काठमाडौंको समय: १३:५६

तास्मानियामा सडक दुर्घटनामा एक नेपालीको मृत्यु

एएनजेड खबरअप्रिल २, २०२२

तास्मानियामा एक नेपालीको सडक दुर्घटनामा निधन भएको छ । काठमाडौं गोदावरी घर भई अष्ट्रेलियामा विगत ४ वर्षदेखि बस्दै आएका सुशान्त सिग्देलको मंगलबार दिउँसो करिब तीन बजे सडक दुर्घटनामा निधन भएको हो । मोटरसाईकलमा सवार सिग्देललाई अर्कोतर्फबाट आएको कारले ठक्कर दिएको थियो ।

सिग्देलको घटनास्थलमै निधन भइसकेको तास्मानिया प्रहरीले जनाएको छ । कारका चालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
शवको पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । परिवारजनले उनको शवलाई नेपालमै दाहसंस्कार गर्न चाहे बमोजिम एनआरएन तास्मानियाले पहल सुरु गरेको छ । यसका लागि गोफन्डमी मार्फत सहयोग संकलन सुरु गरिएको छ । 

तपाइँको प्रतिक्रिया