आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०९:४१ |सिड्नीको समय: ०७:४१ |काठमाडौंको समय: ०३:२६

दयाहाङ राई र लक्ष्मी बर्देवा अभिनित ‘दिल खोलेर कुरा गरन’ सार्वजनिक (भिडियोसहित)

एएनजेड खबरअप्रिल १५, २०२२

काठमाडौं  – लोकप्रिय कलाकार दयाहाङ राई र लक्ष्मी बर्देवा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार मुकुन्दराज अर्यालको शब्द ,प्रचण्डबाबु राई र रचना रिमालको स्वर रहेको गीत ‘दिल खोलेर कुरा गरन’मा दया र लक्ष्मीको जोडीलाई देखन सकिन्छ
नयाँ  बर्षको छेको पारेर सार्वजनिक गरिएको गीतमा हरि लम्सालको संगीत र एरेन्ज रहेको छ । गीतको भाव अनुसारको भिडियोमा कथा खोज्‍न सिपालु  निर्देशकहरु लक्ष्मी बर्देवा र जीवन भट्टराईको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको सीनेमाटोग्राफी र बिष्णु खड्काको सम्पादन रहेको छ  टुवेल नोट्सको अफिसियल च्यानलबाट भिडियोलाई  सार्वजनिक गरिएको हो ।
टुवेल नोट्स द्वारा निर्मित यसअघिका गीतहरु ‘परानै दिन्छु’ र ‘परानै दिन्छु _२ ‘मा पनि दया  र लक्ष्मीको जोडीलाई दर्शकले अत्याधिक मन पराएका थिए ।

तपाइँको प्रतिक्रिया