आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: २१:२९ |सिड्नीको समय: १९:२९ |काठमाडौंको समय: १५:१४

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

एएनजेड खबरअप्रिल १५, २०२२

काठमाडौं – चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले ७ वटा मुख्य निर्णय गरेको छ । मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेका छन् ।

यी हुन् निर्णय

१) विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करिब १८ अर्ब) बराबरको सहुलियत सहायता ऋण सहायता स्वीकार गर्ने ।
 
२) संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय सहयोग निकाय यूएसएआईडीबाट प्राप्त हुने अमेरिकी डलर ६५९ मिलिनियम (करिब ७९ अर्ब ७१ करोड) अनुदान सहायता रकम स्वीकार गर्ने । 

३) फुट कोट कर्णाली अर्ध–जलशाययुक्त जलविद्युत आयोजनाका लागि कालिकोट जिल्लाको सन्नी त्रिवेणी गाउँपालिकाको करिब २८० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृत दिने ।

४) सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई बढुवा नियुक्ति गर्ने ।
 
५) मायादेवी गाउँपालिकालाई आधारभूत अस्पताल गाउँपालिकाको प्रशासकीय भवनलगायत कार्यका लागि सार्वजनिक जग्गा प्रयोग गर्ने स्वीकृत दिने ।

६) कर्जन्हा नगरपालिका सिरहालाई प्रशासकीय भवन निर्माणका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने ।

७) राष्ट्रिय आवास कम्पनी लिमिटेडको अध्यक्ष राम आधार कापरको राजीनामा स्वीकृत गर्ने ।

तपाइँको प्रतिक्रिया