आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: २३:०६ |सिड्नीको समय: २१:०६ |काठमाडौंको समय: १६:५१

ब्लुबर्ड कलेजलाई पेट्रियट्स कपको उपाधि

एएनजेड खबरअप्रिल १७, २०२२

काठमाडौं – ब्लुबर्ड कलेजले पेट्रियट्स कप अन्तर–कलेज क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा गोल्डेनगेट कलेजलाई १ रन पराजित गर्दै ब्लुबर्डले उपाधि जितेको हो ।

उपाधि जितेको ब्लुबर्डले १ लाख, उपविजेता गोल्डेनगेटले ५० हजार नगद दहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । ​मुलपानी क्रिकेट मैदानमा ब्लुबर्डले जितका लागि दिएको ८१ रनको लक्ष्य पछ्याएको गोल्डेनगेटले १९ ओभरमा ३ बलमा ७९ रन बनाउँदा अलआउट भयो ।

गोल्डेनगेटका लागि सका आसुतोष घिरैयाले २७ रन बनाए । ब्लुबर्डको जितमा बिबेक राना मगर, सुबास खत्री र बिपिन आचार्यले दुई–दुई विकेट हात पारे ।​ यअअघि टस जितेर पहिले ब्याटिङ गरेको ब्लुबर्डले १८ ओभर ४ बलमा ८० रन जोडेर अलआउट भयो । ब्लुबर्डका लागि तिलक राज भण्डारीले २१ रन बनाउँदा दुर्गेश छेत्रीले १४ रनको योगदान गरे ।

बलिङतर्फ गोल्डेनगेटका सुर्य तामाङले ५ विकेट लिए । प्रतियोगितामा उत्कृष्ट ब्याटर गोल्डेनगेट तिर्थ राज दास भए । त्यस्तै उत्कृष्ट बलर ब्लुबर्डक बिपिन आचार्य घोषित भए ।

तपाइँको प्रतिक्रिया