आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: २३:२० |सिड्नीको समय: २१:२० |काठमाडौंको समय: १७:०५

आईपीएलमा गुजरातको रोमाञ्चक जित

एएनजेड खबरअप्रिल १८, २०२२

एजेन्सी – गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पाँचौ जीत निकालेको छ । आइतबार राति भएको खेलमा साविक विजेता चेन्नई सुपर किङ्सलाई ३ विकेटले हराउँदै गुजरातले पाँचौं जीत निकालेको हो ।

चेन्नईले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो ।

यस जीत सँगै गुजरातले ६ खेलमा १० अंक जोडेको छ ।

तपाइँको प्रतिक्रिया