आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०१:४९ |सिड्नीको समय: २३:४९ |काठमाडौंको समय: १९:३४

अध्यागमनमा विदेशीले नगद २०० डलर बुझाउनुपर्ने निर्णय खारेज

एएनजेड खबरअप्रिल १९, २०२२

काठमाडौं– गृह मन्त्रालयले विदेशीलाई नगद दुई सय अमेरिकी डलर लिएर आउनुपर्ने भनि गरेको निर्णय स्थगन गरेको छ । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले आज एक सूचना प्रकाशित गर्दै ‘हाललाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २०७९ वैशाख ३ गते जारी सूचना बमोजिमको विदेशी नागरिकहरुलाई दुई सय अमेरिकी डलर लिएर आउन गरिएको अनुरोधलाई स्थगन गर्ने ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरुले तिर्नु पर्ने भिसा शुल्कको भुक्तानी सहजीकरण प्रयोजनका लागि २०० अमेरिकी डलर साथमा ल्याउन टिआइए अध्यागमन कार्यालयले वैशाख तीन गते एक सूचना प्रकाशित गरी भनेको थियो ।

तपाइँको प्रतिक्रिया