आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: २३:०२ |सिड्नीको समय: २१:०२ |काठमाडौंको समय: १६:४७

स्थानीय जनप्रतिनिधिले फेरि उम्मेदवार बन्न राजीनामा दिनुपर्ने

एएनजेड खबरअप्रिल १९, २०२२

काठमाडौं– निर्वाचन आयोगले जारी गरेको यसअघिको आचारसंहिता हुबहु लागू हुने भएको छ । सर्वोच्च अदालतले स्थानीय तह निर्वाचन २०७९ को आचारसंहिताको विषयमा परेको रिट खारेज गरेको छ।
जनप्रतिनिधिले फेरि चुनावमा उम्मेदवारी दिन राजीनामा दिनुपर्ने आचारसंहिताको व्यवस्थाविरूद्ध रिट परेको थियो। न्यायाधीश तेजप्रसाद केसी र तिलप्रसाद श्रेष्ठको इजलासले मंगलबार रिट खारेज गर्ने फैसला गरेको सर्वोच्च प्रवक्ता विमल पौडेलले जानकारी दिए।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले रिट दिएका थिए।
आचारसंहिताको परिच्छेद ९ को धारा ३६ मा बहालवाला जनप्रतिनिधि, सरकारको पारिश्रमिक लिने व्यक्तिले राजीनामा दिनुपर्ने भन्ने उल्लेख छ।

तपाइँको प्रतिक्रिया