आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०१:१४ |सिड्नीको समय: २३:१४ |काठमाडौंको समय: १८:५९

स्थानीय तह चुनावमा १० हजार पर्यवेक्षक

एएनजेड खबरअप्रिल २२, २०२२

काठमाडौं – बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा देशभर १० हजार जना पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्ने भएका छन् । निर्वाचन आयोगले मापदण्ड पुरा गरेका ४४ वटा संस्थाहरुलाई पर्यवेक्षणको अनुमति दिने निर्णय गरेको हो । पर्यवेक्षकहरुले आफू मतदाता भएको स्थानीय तहमा भने निर्वाचनको अनुगमन गर्न पाउने छैनन् ।
आयोगले उनीहरुलाई मनोनयनदेखि मतपरिणाम सार्वजनिक हुँदाको बेलासम्म अनुगमन गर्न अनुमति दिएको हो । पर्यवेक्षकहरुले निर्वाचन सकिएपछि तोकिएको अवधिमा निर्वाचन आयोगमा प्रतिवेदन बुझाउनुपर्छ ।

तपाइँको प्रतिक्रिया