आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: २३:२८ |सिड्नीको समय: २१:२८ |काठमाडौंको समय: १७:१३

स्थानीय तह निर्वाचन : आज र भोलि उम्मेदवारी दर्ता

एएनजेड खबरअप्रिल २४, २०२२

काठमाडौं – स्थानिय तह निर्वाचन अन्तर्गत बैशाख ११ र १२ गते अर्थात आज र भोली उम्मेदवारको मनोनयन दर्ता हुँदै छ । वैसाख ३० गते हुने मतदानका लागी आज र भोली उम्मेदवारी दर्ता तोकिएको हो । आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म र भोलि पनि बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्न सकिनेछ।
देशभरका ७५३ स्थानीय तहको प्रमुखदेखि वडा सदस्य पदसम्मका लागि दलगत र स्वतन्त्र रुपमा समेत मनोनयनपत्र दर्ता हुनेछ । ७५३ मध्ये ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् । यी सबै तहमा प्रमुख तथा मेयर र उपप्रमुख तथा उपमेयर पदका लागि मनोनयन हुनेछ ।

तपाइँको प्रतिक्रिया