आइतबार, वैशाख २३, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: ०५:४७ |सिड्नीको समय: ०३:४७ |काठमाडौंको समय: २३:३२

गठबन्धनबाट महानगरपालिकामा मेयरको उम्मेदवार फाइनल

एएनजेड खबरअप्रिल २५, २०२२

काठमाडौं– नेपाली काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महागरपालिकामा उम्मेदवार टुंगो लगाएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काँग्रेसले सोमबार मेयर पदको उम्मेदवार टुंगो लगाएको हो ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा सोमबार बिहान बसेको संसदीय समितिको बैठकले काठमाडौंको मेयरमा श्रृजना सिंह, ललितपुरमा चिरिबाबु महर्जन र विराटनगरको मेयरमा नागेश कोइरालालाई उठाउने निर्णय गरेको हो ।
गठबन्धनमा भएको सहमतिअनुसार ६ महानगरपालिकामध्ये काँग्रेसले ३ र माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी पार्टीले १–१ सिट पाएका थिए ।
यससँगै गठबन्धनको तर्फबाट मेयरमा लड्ने सबै दलले उम्मेदवार टुङ्ग्याएका छन् ।
गठबन्धनबाटै भरतपुरको मेयरमा माओवादी केन्द्रबाट रेनु दाहाल र पोखराको मेयरमा नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्य उम्मेदवार रहेका छन् । यस्तै वीरगन्ज महानगरपालिकाको मेयरमा गठबन्धनको साझा उम्मेदवारका रुपमा जसपाका राजेशमान सिंह रहेका छन् ।

तपाइँको प्रतिक्रिया