बुधबार, वैशाख २६, २०८१ |Wed May, 2024
अक्ल्याण्डको समय: १२:५३ |सिड्नीको समय: १०:५३ |काठमाडौंको समय: ०६:३८

आयोगले १३ गतेदेखि मतपत्र ढुवानी गर्ने

एएनजेड खबरअप्रिल २५, २०२२

काठमाडौं – निर्वाचन आयोगले भोली अर्थात मंगलबारदेखि मतपत्र ढुवानी सुरु गर्ने भएको छ ।
सोमबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत मतपत्र छपाईको काम सकिएको र बाँकी मत पत्रको पनि छपाई जारी रहेको जानकारी दिए ।
प्रवक्ता पौडेलले भने – ‘निर्वाचन आयोगले ७७ वटै जिल्लामा निर्वाचन सामग्री पठाउने क्रम पूरा गरेको छ । वैशाख १३ गतेदेखि मतपत्र ढुवानी सुरु गर्ने तयारी भएको छ’ ।
उनका अनुसार हालसम्म ६८ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मत पत्र छपाई सकिएको छ । निर्वाचन आयोगले एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको छ ।

तपाइँको प्रतिक्रिया