मंगलबार, वैशाख २५, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: ०१:१७ |सिड्नीको समय: २३:१७ |काठमाडौंको समय: १९:०२

आज उम्मेदवारविरुद्ध दाबी-विरोधको उजुरी दिने समय

एएनजेड खबरअप्रिल २६, २०२२

काठमाडौं – वैशाखको ३० हुने स्थानीय तहको निर्वाचन कार्यतालिका अनुसार आज मंगलबार दाबी विरोधको समय निर्धारण गरिएको छ ।
आइतबार र सोमबार ७५३ वटै स्थानीय तहमा मनोनयन दर्ता सम्पन्न भएको छ । निर्वाचन कार्यतालिका अनुसार सोमबार नै उम्मेदवारहरूको नामावलीको सूची प्रकाशित गर्नुपर्ने थियो । तर, राति अबेरसम्म मनोनयन दर्ता गर्नुपरेका कारण आयोगले उम्मेदवारहरूको नामावलीको सूची प्रकाशित गरेको छैन् ।
उम्मेदवारहरूको नामावलीको सूची प्रकाशित भएपछि उम्मेदवारविरुद्ध दाबी–विरोध र उजुरी दिने समय सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार कुनै पनि उम्मेदवार अयोग्य भएको लागेमा जो कोही मतदाताले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उजुरी दिन सक्नेछन् । आजै उजुरी दिने समय पनि आयोगले यसअघि नै तोकेको हो । आयोगले प्राप्त उजुरीमाथि जाँझबुझ भने १४ र १५ वैशाखमा गर्नेछ । ​
१६ वैशाखमा भने उम्मेदवारी फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन हुने आयोगले जनाएको छ। १७ वैशाखमा उम्मेदवार बनेकाहरूले निर्वाचन चिह्न प्राप्त गर्नेछन् । र, ३० वैशाखमा निर्वाचन हुने छ ।

तपाइँको प्रतिक्रिया