सोमबार, असार २०, २०७९ |Mon Jul, 2022
अक्ल्याण्डको समय: २१:३२ |सिड्नीको समय: १९:३२ |काठमाडौंको समय: १५:१७

नेपालका लागि नयाँ भारतीय राजदूतमा श्रीवास्तव नियुक्त

एएनजेड खबरमे १८, २०२२

काठमाडौं – भारतले नेपालका लागि नयाँ राजदूतमा नवीन श्रीवास्तवलाई नियुक्त गरेको छ भारतको विदेश मन्त्रालयले श्रीवास्तवलाई मंगलबार मात्रै नेपालका लागि नयाँ राजदूतमा नियुक्त गरेको जनाएको छ । उनी छिट्टै जिम्मेवारी सम्हाल्न नेपाल आउने मन्त्रालयल जनाएको छ ।
भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका श्रीवास्तव चीनको संघाइमा महावाणिज्यदूत र कम्बोडियाका लागि राजदूत भइसकेका छन् ।
निवर्तमान राजदूत विनयमोहन क्वात्रा भारतीय विदेश सचिवमा नियुक्त भएपछि श्रीवास्तव नयाँ राजदूतमा नियुक्त भएका हुन् ।

तपाइँको प्रतिक्रिया