शनिबार, मंसिर २४, २०७९ |Sat Dec, 2022
अक्ल्याण्डको समय: १८:०५ |सिड्नीको समय: १६:०५ |काठमाडौंको समय: १०:५०

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै

एएनजेड खबरमे १८, २०२२

काठमाडौं – काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा ८ हजार भन्दा बढी मत अन्तरले अग्रता लिएका छन् ।

४३ हजार ६४८ मतगणना गर्दा बालेन्द्रले १७ हजार ३१ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार स्थापितले ८ हजार ८७६ मत पाएका छन् । उनीहरुबीचको मत अन्तर ८ हजार १ सय १५ छ ।

तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार ९४१ मत पाएकी छन् । सिर्जना सिंह एमालेका केशव स्थापितभन्दा ९३५ मतले र बालेन शाहभन्दा ९ हजार ९० मतले पछाडि छिन् ।

तपाइँको प्रतिक्रिया