आइतबार, चैत १९, २०७९ |Sun Apr, 2023
अक्ल्याण्डको समय: २०:४९ |सिड्नीको समय: १८:४९ |काठमाडौंको समय: १४:३४

६२८ स्थानीय तहको मतपरिणाम सार्वजनिक

एएनजेड खबरमे २०, २०२२

काठमाडौं– वैशाख ३० गते निर्वाचन भएका ६२८ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ। अहिलेसम्म सार्वजनिक भएको मतपरिणाममध्ये सबभन्दा धेरै स्थानीय तहमा नेपाली कांग्रेस विजयी भएको छ।

नेपाली कांग्रेसले २८० स्थानमा जित हात पारेको छ। नेपाली कांग्रेसले १०२ वटा नगरपालिकामा मेयर र १७८ गाउँपालिका अध्यक्षमा जित हात पारेको छ।

त्यस्तै, नेकपा एमालेले १७३ स्थानीय तह जितेको छ। एमालेले ५९ स्थानीय तहमा मेयर र ११५ गाउँपालिकामा अध्यक्ष जितेको छ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले अहिलेसम्म ११२ स्थानीय तहमा जित हात पारको छ। २० नगरपालिका र ९२ गाउँपालिकामा माओवादीले जितेको हो।
त्यस्तै, पछिल्लो तथ्याङ्क अनुसार जनता समाजवादी पार्टीले १६ स्थानीय तह जितेको छ भने एकीकृत समाजवादी पार्टीले १२ वटा स्थानीय तहमा जितेको छ।

त्यस्तै अन्य दलहरूले ३५ वटा स्थानीय तह जितेका छन्।

तपाइँको प्रतिक्रिया