बुधबार, मंसिर २१, २०७९ |Wed Dec, 2022
अक्ल्याण्डको समय: ०८:५५ |सिड्नीको समय: ०६:५५ |काठमाडौंको समय: ०१:४०

तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

एएनजेड खबरमे ३०, २०२२

काठमाडौं– आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ–२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाले जनाएको छ ।

यार्सागुम्बा टिप्न गएकाहरूले विमानको तस्बिर पठाएको र नेपाली सेनाको हेलिकप्टर सो स्थानमा पुगेको छ ।
पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको ट्विनअटर विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो । सो विमानको खोजी कार्य सोमबार बिहानैबाट पुनस् सुरु गरिएको थियो । विमानमा १९ यात्रु र चालक दलसहित २२ जना सवार थिए ।

तपाइँको प्रतिक्रिया