शुक्रबार, वैशाख ५, २०८२ |Fri Apr, 2025
अक्ल्याण्डको समय: २२:३६ |सिड्नीको समय: २०:३६ |काठमाडौंको समय: १६:२१

मुस्लिम समुदायले ईदउल फित्र मनाउँदै

एएनजेड खबरमे ३, २०२२

काठमाडौं – अरबी पात्रो हिजरी संवत अनुसार आज देशभरका मुस्लिम समुदायले ईदउल फित्र पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।
दशौं महिना (सौवाल) को पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।
अरबी पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईदउल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ ।

तपाइँको प्रतिक्रिया