आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १७:५२ |सिड्नीको समय: १५:५२ |काठमाडौंको समय: ११:३७

रियल मड्रिडले जित्यो यूईएफए च्याम्पियन्स लिगको उपाधि

एएनजेड खबरमे २९, २०२२

काठमाडौं – स्पानिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । फ्रान्सको पेरिसस्थित स्टेड डे फ्रान्स स्टेडियममा शनिबार राति भएको फाइनलमा रियलले इंग्लिस क्लब लिभरपुललाई १–० ले हराएर कीर्तिमानी १४औं पटक युरोपको प्रतिष्ठित ट्रफी उचालेको हो ।

रियललाई उपाधि दिलाउन भिनिसियल जुनियर दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । भिनिसियसले ५४औं मिनेटमा फेडरिक भाल्भर्डेको पासमा गोल गरेका थिए ।

लिभरपुलको सातौं पटक उपाधि जित्ने सपना भने पूरा हुन सकेन । रियलले पछिल्लो पटक २०१८मा लिभरपुललाई हराएर उपाधि जितेको थियो भने लिभरपुल २०१९ मा च्याम्पियन बनेको थियो ।

तपाइँको प्रतिक्रिया