बिहीबार, जेठ १८, २०८० |Thu Jun, 2023
अक्ल्याण्डको समय: ०७:०९ |सिड्नीको समय: ०५:०९ |काठमाडौंको समय: ००:५४

बञ्चरेडाँडामा प्रहरी प्रयोग गरेर फोहोर खसाल्न सुरू

एएनजेड खबरजुन ७, २०२२

काठमाडौं– बञ्चरेडाँडामा सरकारले प्रहरी बल प्रयोग गरेर काठमाडौंको फोहोर खसाल्न सुरू गरेको छ। हिजो भएको सहमति नमान्ने भन्दै स्थानीय बासिन्दाले विरोध गरेपछि
दायाँबायाँ, अगाडि–पछाडि प्रहरी तैनाथ गरेर बञ्चरेडाँडा डम्पिङ साइटमा फोहोर खसाल्न थालिएको हो ।
फोहोर फाल्न नदिने भन्दै आन्दोलित स्थानीयमाथि प्रहरीले बल प्रयोग गरेको हो। संघर्ष समितिका संयोजक श्रीराम ढुंगानासहित ३० जनाभन्दा बढीलाई नियन्त्रणमा लिइएको छ। उनीहरूलाई अहिले भ्यानभित्रै थुनेर राखिएको छ।

तपाइँको प्रतिक्रिया