शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: १८:०१ |सिड्नीको समय: १६:०१ |काठमाडौंको समय: ११:४६

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वासको मत पाए

एएनजेड खबरजुन ७, २०२२

काठमाडौं– बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वासको मत पाएका छन्।कन्जर्भेटिभ पार्टीका १५ प्रतिशत बढी हाउस अफ कमन्सका सदस्यहरूले जोनसनप्रति आफूहरूको विश्वास नभएको सूचना दिएपछि अविश्वासको प्रस्तावमाथि मतदान भएको हो।

उक्त मतदानमा उनले बहुमत सदस्यको विश्वास पाएका हुन्।
उनको पार्टी कञ्जरभेटिभका ३ सय ५९ जना सांसदमध्ये उनको पक्षमा २ सय ११ जना सांसदले मतदान गरेका थिए। विपक्षमा १ सय ४८ जना सांसदले मतदान गरेका बीबीसीले जनाएको छ। उनलाई विश्वासको मत पाउन १ सय ८० मत ल्याए पुग्थ्यो।
आफ्नो पार्टी कन्जरभेटिभका ५४ जना सांसदले माग गरेपछि जोनसनले विश्वासको मत लिएका हुन्। जोनसनविरुद्ध अविश्वास जनाउन कम्तीमा ५४ जना सांसद आवश्यक पर्नेमा ५४ जना सांसदको हस्ताक्षरसहितको पत्र अध्यक्ष ग्राहम ब्रेडीलाई हिजो बुझाएका थिए।
विश्वासको मत पाएसँग प्रधानमन्त्री जोनसन पदमै रहने भएका छन्।

तपाइँको प्रतिक्रिया