आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०७:३१ |सिड्नीको समय: ०५:३१ |काठमाडौंको समय: ०१:१६

एनआरएनको कार्यशालामा प्रधानमन्त्री देउवा प्रमुख अतिथि हुने

एएनजेड खबरजुन १२, २०२२


गैरआवासीय नेपाली संघका प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरवहादुर देउवासंग प्रधानमन्त्र्री निवास बालुवाटारमा भेटघाट गरेका छन् ।

संघका कार्यकारी अध्यक्ष कूल आचार्यको नेतृत्वमा गएको सो प्रतिनिधि मण्डलले संघले आगामी १६ तारिखमा गर्ने कार्यशाला कार्यक्रममा उपस्थित हुन प्रधानमन्त्रीलाई आग्रह गरेको भेटमा सहभागि संघका उपाध्यक्ष दुर्गा आचार्यले एएनजेड खवरलाई जानकारी दिए ।
संघको आग्रहप्रति धन्यवाद ब्यक्त गर्दै प्रधानमन्त्री देउवाले आफु उपस्थित हुने जानकारी दिनुभएको पनि उपाध्यक्ष आचार्यले बताए ।


गैरआवासीय नेपाली संघले यही आउने १६ जुन २०२२ का दिन गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपालीहरुको लगानी, वैदेशिक रोजगार लगायत विषयमा एक दिने कार्यशाला कार्यक्रम आयोजना गर्ने भएकाले त्यसैको तयारीका क्रममा प्रधानमन्त्रीसंग भेट गरेको हो ।

भेटघाटका बारेमा एएनजेड खवरलाई जानकारी दिदै संघका उप महासचिव नारायण काफ्लेले भने, हामीहरुले प्रधानमन्त्री समक्ष गैर आवासिय नेपालीहरुका विविध सरोकारका विषयमा जानकारी गरायौ , प्रधानमन्त्रीले पनि प्रतिनिधि मंडलले उठाएका विषयहरुमा चासो लिदै त्यस विषयहरु प्रति नेपाल सरकार सकारात्मक रहेको बताउनुभयो ।

संघको प्रतिनिधि मण्डलमा अर्का अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष द्वय दुर्गा आचार्य, नरेन्द्र भाट, महासचिव डा. केशव पौडेल, उपमहासचिव नारायण काफ्लेलगायतका गैरआवासीय नेपालीहरुको सहभागीता रहेको थियो ।

285658772_3364199420475525_2014526093695295138_n.jpg (1536×2048)



तपाइँको प्रतिक्रिया