आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: २१:१८ |सिड्नीको समय: १९:१८ |काठमाडौंको समय: १५:०३

र्‍यापर जिबब र परिवारबिच भयो तीन बुँदे सहमती

एएनजेड खबरजुन १४, २०२२

र्‍यापर जिबब र उनको परिवारबिच बढेको विवाद प्रहरीको रोहवरमा सहमतिमा टुङ्गिएको छ। जिबबको आमा-बुबा, जिबब र एनएनटिएफविचको विवादबारे सोमबार प्रहरी परिसर काठमाडौँमा तीन बुँदे सहमति भएको हो।

जिबबका बाबु, जिबब र सुधार केन्द्रका सञ्चालकबिच भएको सहमतिमा जिबबको इच्छा अनुसार उनले चाहेकै रिह्याब सेन्टरमा बस्ने, जिबबले भेट्न चाहेको अवस्थामा आमा-बाबुसँग भेट्न समय मिलाउने जिम्मा रिह्याबको हुने र कुनै कार्यक्रममा भाग लिनु परेमा जिबबको आमा-बुबाको सहमति लिनुपर्ने सहमति भएको छ।

‘पारिवारिक विवाद भएकाले हामीले उहाँहरूलाई राखेर सहमति गराएका छौँ,’ काठमाडौँ परिसरका एसपी दिनेश मैनालीले भने’ सहमतिमा दुवै पक्ष सहमत हुनुभएको छ।’

अल नेपाल ठग फेमिलीले जिबबको कार्यक्रमहरू गर्ने र जिबब घर नगएपछि परिवारले आपत्ति जनाएपछि जिबबले आफूलाई घरबाट टर्चर भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दिएपछि पारिवारिक किचलो सार्वजनिक भएको थियो।

जिल्ला प्रशासनले सो निवेदन प्रहरीमा पठाएपछि आमा-बुबा छलफलका लागि गएपछि पत्रकार सम्मेलन गरेर एनएनटिएफले आफ्नो छोरालाई कब्जामा लिएर लागु औषध खुवाउने गरेको र उसको कार्यक्रमको आम्दानी पारदर्शी नगरेको आरोप लगाएका थिए।

जिबबको परिवारको पत्रकार सम्मेलनपछि जिबब र एनएनटिएफले पत्रकार सम्मेलन गरेर सबै आरोप अस्वीकार गरेको थियो। जिबबले आमाले चाहेको रिह्याब सेन्टरमा नबस्ने र आफू बालिग भएकाले परिवारबाट अलग्गै बस्ने बताएका थिए।

(उकेराबाट)

तपाइँको प्रतिक्रिया