शुक्रबार, भदौ ३, २०७९ |Fri Aug, 2022
अक्ल्याण्डको समय: ०७:३३ |सिड्नीको समय: ०५:३३ |काठमाडौंको समय: ०१:१८

अपरिचित बहिनीको कथा

एएनजेड खबरजुलाइ २३, २०२२



सरिता हुमागाईं
कोभिड १९ ले समस्या ग्रस्त भएको समय सामाजिक दुरिलाई प्रधानता दिइएको समय । म सधैं झैं आफ्नो दैनिक काममा एकसुरमा नितान्त एक्लो तर मनका धेरै साथीहरुसँग भलाकुसारी गर्दै अगाडि बढ्दै थिएँ। एक अपरिचित अधबैंसे नारी चालिस पैंतालिस कटेकी होलिन् उनीसँग भेट भयो। सानो परिचयसँगै उनी मेरो आत्मीय साथी मानौ सहोदर बहिनी जस्तै भइन्। सायद लाग्दैछ उनी आफ्नो दुःख सुख सुनिदिने साथीको खोजीमा भौतारिएको हुनुपर्छ। भेटको केही पलमा नै उनको छचल्किएको दुःख सुख धारा प्रवाह पोखिन थाले । म मन्त्र मुग्ध भएर सुनिरहे गमिरहे सुन्दै गर्दा विचरा हुनत बाहिर देख्दा अरु जो कोहीले सुने किन विचरा भनेको भन्लान् उसलाई चिन्ने देख्ने र सँगत गर्नेहरु तर मैले नजिकैबाट नियाल्ने अवसर पाएर पो अचम्मित भएँ।

उनी कृषि र शिक्षा दुवैलाई बुझेको परिवारमा जन्मिएकी रहिछन् । कृषिसँगै परिवर्तित समय अनुसार शिक्षा हासिल गर्न र गराउन लम्किरहेको परिवारमा छोरालाई नै सर्वेसर्वा ठान्ने समाजको दृष्टिकोण, वर्षेनी भगवानले दिएका लक्ष्मी सरस्वती स्वरुपका आफ्नो मुटुको टुक्रालाई जन्म दिएकैले प्रताडना भोगिरहेकी मेरी भगवान् रुपी आमा जसले छोराको आशा गर्दागर्दै उसले यस सुनौलो धर्तिमा जन्मिएका ति लालाबाला नै अवगालका पात्र भए । आफू भन्दा अघिका दिदीहरु र भाई बहिनीहरुको भन्दा ति अबोध नारिका जन्ममा आमाको असह््य पिडाका चौ गुणा बदलामा मानसिक प्रताडना भोगिरहेकी छु भन्दै आँशुका बलिन्द्र धारा बहाउँदै घुँक्क घुँक्क गर्दै कोलमा टाउको राखेर दिल खोलेर रुदाँ उसको वेदनाले म भावुक भएँ अवाक भएँ। उसप्रति मेरो झनै माया पलाएर आयो न कतै मलाई सहोदर दिदी नै ठनेर यति रोएको त होइन ?टाउको सुम्सुम्याउँदै यसो टाउको उठाएर हेर्दाहेर्दै र्याल सिंगानले लतपतिएको चेहरा सुन्निएर राता भएका आँखाका डिल देखेर मायाले नतमस्तक भएछु तत्कालै उसैको आँङ्म ढाकिएको मजेत्रोले भिजिएको अनुहार अोभानु बनाउँदै, शरिर सुम्सुम्याउँदै सन्त्वनाका शब्द पोख्दै मनबुझाउने कोसिस गरिरहेँ । जति जति म सम्झाउने कोसिस गर्थें त्यति त्यति उनी रित्तिएको आँशु पोख्न खोजिरहेकोकी हुन्थिन्। बिच बिचमा बर्बराउँदै के दोष थियो र मेरो जन्ममा,के गल्ती थियोर गर्भावस्थामा ……… .

केही क्षण टोलाउँदै थोरै मुहारमा खुसी देखाउँदै लर्किएको कपालको जुरो बनाउँदै लामो सुस्केरा हालेर नजिकै रहेके बोतलको पानी पिउँदै एकहोरो कथ्न थाली हुनत सामाजिक चालचलनले जे गरेपनि मेरा बाआमा महान् हुन जुन कुनै परिस्थितिमा भोको पेट र नाङ्गो शरीर राख्नु भएन । घाँस दाउरा मेलापात गरेर होस् या विद्याल वा ट्युसनमा पढाएर कखरा सिकाउँदै पहाडको उकालो अोरालोको दुःख कष्ट आफूहरुले व्यहोरे पनि हाम्रो लागि छुटकारा दिलाउँदै सहरमा पढ्ने अवसर दिनु भयो। सहरी वातावरणमा रमाउँदै अगाडि बढ्दै गर्दा मैले कहिल्यै मेरा दुःख अप्ठ्यारा मेरा अभिभावकलाई सुनाइन केबल मन मुटुमा दबाएर राखे जुन मेरो जीवनमा भित्र भित्रै फैलिएर जरा गाडेको पत्तै भएन। जुन मौलाउँदै मौलाउँदै घरिघरि पिरोलिरहन्छ तड्पइरहन्छ।

प्राथमिक माध्यमिक हुँदै उच्च शिक्षामा दक्षता हासिल गरें ।साथीसँगी इष्टमित्रहरुको साथ सहयोग हौसला प्रशस्त खुलेर पाएको छु तर आफ्नो घरबाट त्यो हौसला नपाउँदा आफ्नो सफलताको खुशी व्यर्थ त होइन भनेझैं लाग्दो रहेछ। मेरा यहाँसम्मको दैनन्दिनी मेहनत सँघर्ष केवल मलाई नै ज्ञाँत छ कि भगवानलाई नै। शहरी परिवेश साथीसँगीसँगको उठबस कहाँ सहज हुन्छ र तर मैले आफ्नै व्यस्ततालाई तगारो बनाउँदै न वरालिकन घरपरिवार, समाज र राष्ट्रको सेवामा समर्पित भैरहें। देख्नेलाई के थाहा मेरो मन दैनिक कति रोइरहन्छ , तड्पिरहेको हुन्छ। म घरिघरि नारायण गोपालको गीत मुटु माथि ढुंगा राखी हाँस्नु पर्या छ बोलको शब्द गुनगुनाउँछु । हो मलाई थाहा छ चिन्ता लिनु हुन्न चिन्ताले चितामा पुर्याउँछ त्यसैले त म काममा व्यस्त हुन्छु आफू भित्र भित्रै रोएर भएपनि हसाउँन चाहन्छु। भन्दै पल्लो घरको एक्लो पाँच दाजुभाइकी बहिनी तर उसले उतिबेलाको समयमा शिक्षा प्रतिको अज्ञानताका कारण विद्यालय जाने त के दुई चार अक्षर पनि सिक्न पाइन। हुनत पढ्न नपाएको पिडाबोध भएको होला तर पनि छोरा छोरा पछिक रहरको छोरी भएर होला घर परिवार अभिभावकको प्रशस्त खुलेर गरिने मायाले उ सधैं सधैं प्रफुल्लित देखिन्छे। निरोगी छ अहिलेसम्म एक ट्याब्लेट अोखति उसको मुखमा परेको छैन रे, चाड पर्व , भेला इत्यादिमा खुलेर हाँसेकि छ। तर म न कहिल्यै खुल्न सकेको छु न दिलखोलेर आफन्त सामु हाँस्न सकेको छु। घरको काम गर्दादेखि बाहिर यताउता काममा दौडदै गर्दा ओखती लिएकै हुन्छु । काम विशेषले केही दिनका लागि बाहिर निस्कँदा झोला भरि ओखती नभरि दैनिक पाइला अघि बढ्दैन ।

घर भित्रको माया अथाह , उत्साहप्रद प्रेरणादायी हुने रहेछ। त्यसैले नै सहिमार्ग देख्न सफलताको शिखरचुम्न ईंटा थप्ने नै रहेछ। समाज र हाम्रो मानसिकतामा कसरी परिवर्तन ल्याउने होला ? भन्दै एक छिन टोलाउँदै यताउता एकहोरो हेर्न थालिन।उनको त्यो भावाव्यक्तिले समाज आफ्नो घरपरिवार भित्र हेर्ने मानसिकता आफ्नो भन्दा परकोले गरेको सफलतामा खुशी हुने भाव सबै भन्न सकिन्न केही सानो संकुचित भावना भएका शिक्षित परिवारमा कहिले सानो सोचाइमा परिवर्तन आउने होला? म आफै भित्र प्रश्न प्रतिप्रश्न गर्दै उसको चेहरा अध्ययन गर्न थालें। साच्चै नै पीडा भएरै त म अपरिचितसँगको परिचय गाढा हुन नपाउँदै दु:ख र पिडाले भरिएको शब्द पोखिएको होला। म के गरौ र कसो गरौंको कसरि सान्त्वना दिउँ घरिघरि दिदी भनेर सम्बोधन गर्दा र उस्तै उस्तै उमेर देखिए पनि पढेलेखेको बुझेकी नारीको यो विछिप्ता मेरो लागि एउटा फिल्मको कहानी , उपन्यासको कथावस्तु जस्तो लाग्यो । कपाल मुसार्दै थोरै आँट र साहस देखिने भावमा तिम्रो साथी , हतियार जे भने पनि तिम्रो शैक्षिक योग्यता क्षमता हो उठ आजै देखि मनका बह यत्र तत्र परिचित ,अपरिचित व्यक्तिलाई सुनाएर होईन लेखेर समाजमा सकारात्मक सन्देश सँगै परिवर्तन ल्याउने गरि कथा व्यथा लेख , आफू र अरुको पनि जो लेखेर व्यक्त गर्न सक्दैनन् लेखिदेउ तिनै सामग्री अक्षर तिम्रो निकटका साथी हुनेछन् । तिमीलाई तिनले सफलताको शिखर चुम्न मद्दत गर्नेछन् भनें उनी यसो उठेर मुस्कुराउँदै मेरो मुखमा पुलुक्क हेरिन् । सुकेका ओठहरुले मेरो हातमा चुम्बन गर्दै धन्य भगवान् जस्तो अभिभावक भेटेछु भनेर अँगालोमा कहिल्यै नछुटिउँला जस्तो गरेर कसिइन् । म केही बोल्न सकिन उसको ढाडमा सुम्सुम्याउँदै थिएँ। एक्कासी अँगालोबाट छुटेर फटाफट दुई चार पाइला अगाडि गएर मानौं छुट्टिन गाह्रो भएका प्रेमी प्रेमिकाको जस्तो हात हल्लाउँदै अगाडि बढिरहिन् बढिरहिन् । केही क्षणमै उनी मेरो नजरबाट टाढा टाढा भइन् देख्दै नदेख्ने गरी म अहिले उसको त्यो मलिन अनुहारमा खुशी देख्न सडकका पेटी पेटी र सहरका गल्लि गल्लिमा खाजिरहेके छु खेजिरहेके छु ।

तपाइँको प्रतिक्रिया