शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २३:४६ |सिड्नीको समय: २१:४६ |काठमाडौंको समय: १७:३१

नागरिकता बिधेयक पारित, एनआरएनए अभियन्तामा खुसीसंगै चासोपनि

प्रकाश हुमागाईजुलाइ २३, २०२२



प्रतिनिधिसभाको शुक्रवारको बैठकले ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ पारित गरेसंगै गैर आवासिय नेपाली अभियन्ताहरूले खुसी र चासो प्रकट गरेका छन् ।उक्त बिधेयकको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद एनआरएनएले स्वागत गरेको छ ।

एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीका लागी आजको दिन अत्यन्तै ख़ुशीको दिन रहेको बताए ।आचार्यले प्रतिनिधिसभाको शुक्रवार बसेको बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि व्यापक छलफल गरी पारित समेत गरेकोमा आफूलगाएत समस्त गैर आवासीय नेपाली खुशी भएको बताए । आचार्यले अब आउँदो साता उक्त विधेयकलाई राष्ट्रिय सभाले पनि पारित गर्ने र छिट्टै सम्माननीय राष्ट्रपतिबाट प्रमाणीकरण हुने विश्वास लिएको समेत जनाएका छन ।


     यसैगरि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष दु्र्गा आचार्यले आफ्नो फेसबुक पेजमा लेखेका छन्,”प्रतिनिधि सभाले नागरिकता बिधेयक पारित गरेको छ,म यस कदमको स्वागत गर्दछु र नेपाल सरकार र सम्पुर्ण राजनितिक दलहरु लाई हार्दिक धन्यबाद दिन चाहन्छु।
एनआरएनएका सम्पुर्ण अग्रज तथा साथीहरुको सामुहिक प्रयास र नेपाली राजनैतिक दलहरुको हाम्रा प्रतिको बिश्वासले यो सॅम्भब भएको छ । बधाई छ हामीसबैलाई …, ।


एनआरएन अष्ट्रेलिया अध्यक्ष नन्दु गुरूंगले लामो समयदेखि प्रतिक्षा गरिररहेको नेपाली नागरिकताको निरन्तरताको पहिलो सफलता स्वरूप गैर आवासीय नेपाली नागरिकताको सुनिश्चितता भएकोमा खुशी ब्यक्त गरेका छन्।उनले संघ स्थापना भए देखिनैं अभियन्ताहरूले उठाउँदैं आएको गैर आवासीय नेपाली नागरिकताको मागलाई सम्बोधन गर्ने गरी गैर आवासीय नेपाली नागरिकता सहीतको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ नेपालको प्रतिनिधिसभाको शुक्रवार बसेको बैठकले पारित गरेकोमा अत्यन्तै खुशी भएको बताए ।


एनआरएन अष्ट्रेलियाका पूर्व महासचिव एवं एनआरएन अभियन्ता डा. ज्ञानेन्द्र रेग्मीले आफ्नो फेसवुक पोष्टमा लेखेका छन्, “पारित विधयेकले आर्थिक, सामाजिक, र सांस्कृतिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरेको छ तर आर्थिक, सामाजिक, र सांस्कृतिक अधिकार अन्तर्गत के के अधिकार पर्छन भन्ने बारे यस विधयेकमा उल्लेख छैन् ।
अहिलेको व्यवस्थाले अमेरिका, अष्ट्रेलिया, क्यानाडा, युके लगायतका दोहोरो नागरिकताको व्यवस्था भएका र त्यस देशको नागरिकता लिएका गैरआवासीय नेपालीहरुको मागलाई मात्र संवोधन गर्नेछ । तेश्रो पुस्ता पछिको पुस्तालाई भने यो नागरिकता सुनिश्चित गरिएको छैन ।
यो बिधेयक ढिलो चाडो पास हुन्थियो, तपाईंहरुको मिहिनेत दबाबलाई कदर गर्छु, यसमा सबैको योगदान छ, तर मैले नै गर्दा आएको भनेर धेरै मपाइत्व चाही नदेखाउनु होला, अझ यो बिधेयक आउँदा यसले समेटने अरु धाराहरुले हाम्रा मागलाई कसरी सम्बोधन गर्छ, गैर आवसिय नेपाली र मुलुकलाई के के फाइदा हुन्छ के के बेफाइदा हुन्छ अब त्यतातिर बहस चलाउनु जरुरी छ ।

तपाइँको प्रतिक्रिया