आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: २१:२५ |सिड्नीको समय: १९:२५ |काठमाडौंको समय: १५:१०

अष्ट्रेलियाका नेपालीको लगानी रहेको चलचित्र ‘दोख’ को सिड्नीमा बिशेष प्रदर्शन हुदै

एएनजेड खबरजुलाइ २५, २०२२


अष्ट्रेलियाका नेपाली ब्यवसायीहरूको समेत लगानी रहेको अनुप बराल निर्देशित चलचित्र ‘दोख’को विशेष प्रदर्शन सिड्नीमा हुने भएको छ ।

आगामी जुलाई ३० तारिख बरउडको इभेन्ट सिनेमा र ३१ तारिख हर्सभिलको इभेन्ट सिनेमा हलमा चलचित्र ‘दोख’ को विशेष प्रदर्शन हुने भएको हो ।
चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, राज थापा, सुरज मल्ल, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, साजन थापा मगरलगायतको अभिनय छ ।
चलचित्रमा माओवादी सशस्त्र युद्धको समयमा सामुदायिक वनमा आफ्नो हक जमाउन दुई गाउँबीच भएको फुटबल प्रतियोगिताको परिवेशलाई प्रस्तुत गरिएको छ ।
चलचित्र निर्माण सविन ज्ञवाली र मनोज अधिकारीले गरेका छन् । चलचित्रमा शैलेन्द्र डि. कार्कीको छायांकन, अष्ट महर्जनको द्वन्द्व, निमेष श्रेष्ठको सम्पादन र राजन कठेतको कथा छ ।
चलचित्रको कार्यकारी निर्मातामा रञ्जु वाग्ले थापा, भीम न्यौपाने, ओम गुरुङ र एसोसियट निर्मातामा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दीपक खनाल र युवराज भट्टराई छन् ।
सात वर्ष अघि छायांकन भएको यस चलचित्रको नेपालमा साता अघिदेखि मात्र प्रदर्शन सुरू भएको हो ।

तपाइँको प्रतिक्रिया