मंगलबार, माघ १, २०८१ |Tue Jan, 2025
अक्ल्याण्डको समय: २३:५२ |सिड्नीको समय: २१:५२ |काठमाडौंको समय: १६:३७

एनएडिएफ अध्यक्षमा भिष्म भण्डारी, कांग्रेस केन्द्रिय नेताहरुले दिए बधाई र शुभकामना

एएनजेड खबरअगस्ट ७, २०२२

अष्ट्रेलियामा रहेका प्रजातन्त्रवादीहरूको साझा चौतारीको रूपमा परिचित संस्था नेपलिज अष्ट्रेलियन डेमोक्रेटिक फोरम (एनएडिएफ)को अधिवेशनले भिष्म भण्डारीको अध्यक्षतामा आगामी कार्यकालको लागि नयाँ कार्य समिति गठन गरेको छ।

कार्य समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा  छबी सापकोटा,  महासचिवमा  प्रकाश हुमागाई, सचिवमा  हरिकृष्ण अधिकारी कोषाध्यक्ष बिकास सापकोटा, प्रबक्तामा हरि भक्त अधिकारी, पब्लिक अफिसरमा प्रकाश खरेल चयन  भएका छन्। यस्तै संस्थाका कार्यकारी सदस्यहरुमा मधुकर गुरुङ्ग, सागर काफ्ले, प्रेम बहादुर महरा, बिकाश कुमार झा, चोला कान्त कोइराला, गणेश खरेल ( एसीटि), प्रकाश अर्याल ( भिक्टोरिया ) प्रवेश पौडेल, जीबन शर्मा, पुरुषोत्तम अधिकारी, लोकेन बिष्ट र द्वारिका दवाडी रहेका छन्।
एनएडिएफको यहि अधिवेशनका लागि अष्ट्रेलिया आईपुगेका नेपाली कांग्रेस केन्द्रिय उप सभापति धनराज गुरूंग, सह महामन्त्री बद्री पाण्डे, बरिष्ठ नेता चन्द्र भण्डारी, केन्द्रिय सदस्य कल्याण गुरुङ्ग, प्रदेश १ का सभापति उद्धब थापा, बरिष्ठ पत्रकार कबिर राणा, युवा नेताहरू निर्मल रिजाल र आसामान सम्पदले बर्तमान कार्यसमितिलाई बधाई तथा नव निर्वाचित कार्यसमितिलाई शुभकामना प्रदान गरेका थिए ।

नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका तर्फबाट महेन्द्र लम्सालले पद तथा गोपनियताको सपथ खुवाएका थिए।

तपाइँको प्रतिक्रिया