बिहीबार, जेठ १८, २०८० |Thu Jun, 2023
अक्ल्याण्डको समय: ०८:३५ |सिड्नीको समय: ०६:३५ |काठमाडौंको समय: ०२:२०

‘नया’ को अध्यक्षमा निजन चौलागाई निर्वाचित ! को को चुनिए

एएनजेड खबरसेप्टेम्बर २६, २०२२


नेप्लिज अष्ट्रेलियन युथ एसोसियसन (नया) को अध्यक्षमा निजन चौलागाई निर्विरोध चयन भएका छन् ।
समितिको उपाध्यक्षमा शेखर तिवारी र विपिन थापा, महासचिवमा सत्यप्रकाश कँडेल, सचिव विनोद केसी र कोषाध्यक्षमा श्रवण भट्टराई चयन भएका छन् ।
एशोसियसनको कार्यकारिणी सदस्यमा नेत्र पौडेल, सुजन तिवारी, भुवनजंग बस्नेत, सुनिल गौतम, प्रेमबहादुर महरा, महिला संयोजकमा पूजा चन्द, महिला उपसंयोजकमा कृष्णा खतिवडा र महिला सदस्यहरुमा- रोजिना गिरी, प्रिती शर्मा, डेबी राणा र ममता तिवारी लगायत रहेका छन् ।

अध्यक्ष निर्वाचित चौलागाईले यस अगाडी सचिव र उपाध्यक्षको जिम्मेवारी सहित अनुभव सगांलेका छन् । आफुलाई विश्वास गरेर अध्यक्षमा सर्वसम्मत चयन गर्ने सम्पूर्णलाई आभार व्यक्त गर्दै उनले अब संस्था हाँक्ने जिम्मेवारी आफ्नो काँधमा आएको र त्यसलाई कुशलता पूर्वक बहन गर्ने बताए ।

२०१३ मा स्थापना भएको एशोसियसनको संस्थापक अध्यक्ष कमलराज पाठक हुन् ।
अधिवेशनका प्रमुख अतिथि एनआरएन अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, रिजनल कोअर्डिनेटर दिनेशराज जोसी, एनआरएनए आईसीसी पूर्व उपाध्यक्ष मन केसी, नया स्थापनाका योजनाकार एवं एनआरएनए अभियन्ता महेन्द्रकुमार लम्साल,अन्तराष्ट्रिय झापाली समाजका पूर्व अध्यक्ष दिनेश पोखरेल, एनआरएनए पूर्व युथ कोअर्डिनेटर ईर्साद अहमद, जनसम्पर्क समिति अस्ट्रेलियाका अध्यक्ष सुरेश गुरुङ, उपाध्यक्ष ईथान शाक्य, एनएडिएफ अध्यक्ष भिष्म भण्डारी, पूर्व अध्यक्ष सुरेन्द्र सापकोटा, महासचिव प्रकाश हुमागाई, एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा देव गुरुङ, सचिव सन्ध्या शाह, कोषाध्यक्ष अनिल पोखरेल, प्रवासी नेपाली मञ्च अस्ट्रेलियाका अजय राजवशीं, जनसम्पर्क समितिका पूर्व सभापति कृष्ण गिरी, रुपन्देही सामाजिक सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेल, एनआरएनए एससीसी सचिव बिनोद कुँवर लगायतको आतिथ्यता रहेको थियो ।

तपाइँको प्रतिक्रिया