मंगलबार, वैशाख २५, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: ११:२० |सिड्नीको समय: ०९:२० |काठमाडौंको समय: ०५:०५

जनसम्पर्क समिति अष्ट्रेलियाले आईतवार सिड्नीमा शुभकामना भेला गर्ने

एएनजेड खबरसेप्टेम्बर ३०, २०२२

एकदशक लामो आन्तरिक बिबादवाट निकास पाएर एकढिक्का भएको जनसम्पर्क समिति अष्ट्रेलियाले शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । जनसम्पर्क समिति न्यू साउथवेल्स अष्ट्रेलियाले आगामी अक्टोबर २ तारिख आईतवार सिड्नीको अबर्नमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको हो ।
हिन्दुहरूको महानचाड बिजयादशमी, दिपावली,छठ पर्व २०७९ र नेपाल सम्वत ११४३ को पावन अवसरमा प्रवासमा रहेका नेपालीहरूलाई एकैथलोमा ल्याएर शुभकामना आदानप्रदान गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको जनसम्पर्क समिति न्यूसाउथ वेल्स संयोजक सितल गिरीले बताएका छन् ।
शुभकामना आदान प्रदान कार्यक्रममा सवै बाद विचार, समुदाय र संघसंस्थाका प्रतिनिधिहरूलाई उपस्थितिको लागि निम्तो गरिएकोले यो भव्य र सभ्य हुने दावीपनि गिरिले गरेका छन् ।
जनसम्पर्क समिति अष्ट्रेलियाका उपसभापति थानु शाक्यले चाडपर्वको अवसर पारेर गरिएको यो कार्यक्रमले नेपाली कांग्रेसप्रति आस्थावान अष्ट्रेलियाबासी नेपालीहरूलाई एक ढिक्का बनाएर लैजाने कोशेढुंगो बन्ने दावी गरे ।
स्मरण रहोस् करिव १ दशकदेखि आन्तरिक कलहका कारण बिवादको चरमचुलीमा रहदै आएको जनसम्पर्क समितिमा सुरेश गुरूंगको नेतृत्वमा नया कार्यसमिति चयन भएसंगै मत्थर भएको थियो । गुरूंगको नेतृत्वलाई सवैले स्विकारेपनि अन्य पद र राज्य समितिहरूमा बिवाद कायमै रहेको अवस्था थियो । एनएडिएफको निम्तोमा अष्ट्रेलिया भ्रमणमा आईपुगेका कांग्रेस उपसभापति धनराज गुरूंग र सहमहामन्त्री बद्री पाण्डे लगायत केन्द्रिय नेताको अग्रसरता र अध्यक्ष गुरूंगको पहलमा संस्थापन र असन्तुष्ट पक्ष सवैलाई समेटेर नया समिति बनाईएपछि लामो समय देखिको विवादले निकास पाएको थियो ।

उपाध्यक्ष थानु शाक्य र राज्य संयोजक सितल गिरि

तपाइँको प्रतिक्रिया