सोमबार, वैशाख २४, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: ०२:२४ |सिड्नीको समय: ००:२४ |काठमाडौंको समय: २०:०९

सन्दिपलाई १२ वर्ष जेल हाल्ने मागसहित अदालतमा बहस शुरु

एएनजेड खबरअक्टोबर ३१, २०२२
This image has an empty alt attribute; its file name is sandip-lamichane-1-1024x768.jpeg

उमेर नपुगेकी किशोरी बलात्कार गरेको अभियोगमा क्रिकेटर सन्दिप लामिछानेविरुध्द १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ । सरकारी वकिलको कार्यालयले आज काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुध्द मुद्दा दर्ता गरेको छ ।

उनीविरुध्द बलात्कार पुष्टि हुने पर्याप्त प्रमाण रहेको बताइएको छ । प्रहरीले एक हप्ताअघि नै अनुसन्धान सकाएर सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो । लामिछानेविरुध्दको मुद्दामा आजदेखि नै थुनछेक बहस शुरु हुने जानकारी दिइएको छ ।

अब उनले प्रहरी हिरासतबाटै आफूविरुध्दको मुद्दा लड्ने भएका छन् । प्रहरी प्रतिवेदनमा मुलुकी फौजदारी अपराधसंहितामा १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बलात्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेकाले सोहीबमोजिम १२ वर्षसम्मको कैद सजाय मागदाबी गरिएको छ ।

काठमाडौंको गौशालास्थित एक होटलको कोठामा सन्दिपले आफूलाई रातभर बलात्कार गरेको आरोपमा १७ वर्षीयाका नातेदारले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेका थिए । तर विदेशमा रहेका कारण सन्दिपलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षबाट प्रहरी नियन्त्रणमा लिइएको थियो ।

सन्दिपले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् ।

तपाइँको प्रतिक्रिया