शनिबार, असोज ६, २०८० |Sat Sep, 2023
अक्ल्याण्डको समय: १३:३३ |सिड्नीको समय: ११:३३ |काठमाडौंको समय: ०७:१८

पल शाहलाई सफाइ दिएको भन्दै पोखरामा विरोध प्रदर्शन

एएनजेड खबरमार्च ३, २०२३

 बाल यौन दुराचार गरेको मुद्दामा अभिनेता पल शाहलाई सफाइ दिएको भन्दै उच्च अदालत पोखरामा विरोध प्रदर्शन भएको छ । उच्च अदालतको  फैसला विरुद्ध एक समूहले आज पोखरामा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो ।

न्यायालयले गलत नजिर स्थापना गर्न लागेको भन्दै उच्च अदालतले यौन दुर्व्यवहारलाई सामान्यीकरण गरेको भन्दै प्लेकार्ड बोकेर  केही युवायुवतीहरूले प्रदर्शन गरेका थिए। 

प्रदर्शनमा सहभागीहरूले  ‘न्यायालयले गल्ती गर्ने अधिकार छैन, पितृसत्ताको पहरेदार बनेको न्यायालय होसियार,न्यायालयले नै अन्याय गर्दा न्यायको अपिल कहाँ गर्ने ? पोलेर बोलेको’, ‘बलात्कारलाई प्रवर्द्धन गर्ने संस्कार बन्द गरौँ’, लगायतको प्लेकार्ड बोकेर विरोध गरेका थिए । 

तपाइँको प्रतिक्रिया