बुधबार, चैत ८, २०७९ |Wed Mar, 2023
अक्ल्याण्डको समय: २२:४१ |सिड्नीको समय: २०:४१ |काठमाडौंको समय: १५:२६

अष्ट्रेलियामा काम गर्ने समय बढेसँगै भिसाको अवधि पनि बढ्ने 

एएनजेड खबरमार्च ५, २०२३

अष्ट्रेलिया सरकारले आफ्नो देशमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीलाई हप्तामा २४  घण्टा काम गर्न पाउने सुविधा तोकेको छ। यस अघि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको हकमा हप्तामा २० घण्टा मात्रै काम गर्न पाउने नियम रहेको थियो। 

अष्ट्रेलियाको शिक्षा मन्त्रालयको नयाँ नियम आगामी जुलाई १ बाट लागु हुनेछ । यस्तै अन्तर्राष्ट्रिय विद्यार्थीहरूले स्नातक वा स्नातकोत्तर सकेपछि पूर्ण रूपमा काम गर्न पाउने गरी भिसाको समयलाई थप गर्ने भएको हो । उक्त नियम कार्यान्वयन भए अध्ययन पछिको भिसा अवधि पनि स्वतः बढ्ने भएको हो  । 

अन्तर्राष्ट्रिय विद्यार्थीहरूले संशोधित नयाँ कानुन अनुसार अब स्नातक सकेपश्चात् चार वर्षको पीएसडब्लु भिसा पाउने भएका छन् । स्नातकोत्तर अध्ययनरत विद्यार्थीले ५ वर्ष र विद्यावारिधि तहका विद्यार्थीले ६ वर्षको भिसा प्राप्त गर्न सक्ने शिक्षा मन्त्रालयको वेबसाइटमा उल्लेख गरिएको छ।

तपाइँको प्रतिक्रिया