बुधबार, चैत ८, २०७९ |Wed Mar, 2023
अक्ल्याण्डको समय: २२:२१ |सिड्नीको समय: २०:२१ |काठमाडौंको समय: १५:०६

उपराष्ट्रपतिको लागि जसपाका रामसहाय यादवको उम्मेदवारी दर्ता

एएनजेड खबरमार्च ११, २०२३

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहाय यादवले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। आज संघीय संसद भवनस्थित उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

रामसहायको प्रस्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, एकीकृत समाजवादीका किसान श्रेष्ठ, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत र कांग्रेसका रमेशजंग रायमाझी रहेका छन् ।समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहेका छन् ।

तपाइँको प्रतिक्रिया