बिहीबार, जेठ १८, २०८० |Thu Jun, 2023
अक्ल्याण्डको समय: ०६:५७ |सिड्नीको समय: ०४:५७ |काठमाडौंको समय: ००:४२

प्रदेशको नाम खारेजी आन्दोलनमा घाइते पदमको निधन !

एएनजेड खबरमार्च २४, २०२३

एक नम्बर प्रदेशको नाम ‘कोशी’ राखिएको भन्दै खारेजको माग राखेर भएको आन्दोलनमा सहभागी हुँदा घाइते भएका पदम लिम्बूको निधन भएको छ। लिम्बूको उपचारका क्रममा आज बिहान धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा निधन भएको हो।

प्रदेशको नाम खारेजीको माग राख्दै चैत ५ गते विराटनगरमा भएको विरोध प्रदर्शनमा निषेधाज्ञा तोडेर अगाडि बढेपछि प्रहरीको लाठीचार्जबाट लिम्बू घाइते भएका थिए। ४२ वर्षीय लिम्बू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टिएरका केन्द्रीय सह-कमान्डर थिए ।

लिम्बूको निधपछी संयुक्त संघर्ष समितिले विज्ञप्ति जारी गर्दै हत्याको जिम्मा प्रदेश १, नाम राख्ने ८२ जना सांसदहरू, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवं नेपाल प्रहरीले लिनु पर्ने र लिम्बु हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गर्नु पर्ने माग अघि सारेको छ।

तपाइँको प्रतिक्रिया