आइतबार, वैशाख ९, २०८१ |Sun Apr, 2024
अक्ल्याण्डको समय: ०८:५० |सिड्नीको समय: ०६:५० |काठमाडौंको समय: ०२:३५

राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङ र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता

एएनजेड खबरमार्च ३, २०२३

 नेकपा एमालेबाट राष्ट्रपति पदका उम्मेदवार सुवास नेम्वाङले लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका छन् । भेटमा नेम्वाङले राष्ट्रपति निर्वाचनमा आफूलाई मतदान गरेर सहयोग गर्न ठाकुरलाई आग्रह गरेका थिए। 

जवाफमा अध्यक्ष ठाकुरले पार्टीको बैठकबाट निर्णय गरेर जवाफ दिने बताएका थिए । श्रोतका अनुसार अध्यक्ष ठाकुरले भने, ‘हामी ८ दलीय गठबन्धनमा सहभागी छौँ । मतदानको लागि आग्रह गर्नुभएको छ पार्टीको बैठक बसेर निर्णय गर्छौँ’ ।

भेटमा सहभागी भएका एमाले सचिव योगेश भट्टराईले राष्ट्रपतिका उम्मेदवार नेम्वाङ प्रति लोसपा सकारात्मक भएको बताए। उनले संविधान, कानुन बुझेको, संविधान निर्माणमा नै अग्रसर रहेकाले नेम्वाङ नै उपयुक्त हुनुहुन्छ । बैठक बसेर निर्णय गर्ने कुरा गर्नुभएको छ तर उहाँहरूको प्रतिक्रिया सकारात्मक पाएका छौँ’ भट्टराईले भने ।

राष्ट्रपतिको उम्मेदवार बनेपछि नेम्वाङको विभिन्न राजनीतिक दलहरूसँग भेटघाट बाक्लिएको छ। 

तपाइँको प्रतिक्रिया